मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना आशंकामा अस्पताल भर्ना भएका ३०३ जना डिस्चार्ज

सुदूरपश्चिममा कोरोना आशंकामा अस्पताल भर्ना भएका ३०३ जना डिस्चार्ज


फाइल फोटो – बयालपाटा अस्पताल

धनगढी : सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका तीन सय तीन जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म तीन सय तीन जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट सबैभन्दा बढि एक सय २१ जनालाई डिस्चार्ज गरएको छ। यस्तै डडेल्धुरा अस्पतालबाट २८, डोटी जिल्ला अस्पताल र महाकाली अस्पतालबाट २६÷२६ जनालाई डिस्चार्ज गरिएको छ।

अछामको बयलपाटा अस्पतालबाट २१ जना र जिल्ला अस्पताल अछामबाट १९ र जिल्ला अस्पताल बझाङबाट १६ जना डिस्चार्ज भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका टीकापुर अस्पतालबाट १२, जिल्ला अस्पताल बैतडीबाट १० जना, जिल्ला अस्पताल बाजुराबाट ८ जना, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५/५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ। निर्देशनालयका अनुसार अहिले प्रदेशभरी ९९ जनालाई आईसोलेसनमा भर्ना गरिएको दिनेश खबरमा समाचार छ।