मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरद्वारा वडा न. १ का ३७ जना असिनापिडित किसानलाई राहत बितरण

मंगलसेन नगरद्वारा वडा न. १ का ३७ जना असिनापिडित किसानलाई राहत बितरण


हाेम साउद, अछाम २६ जेठ ।

मंगलसेन नगरपालिकाले वडानम्वर १ का असिनापिडित किसानलाई राहत वितरण गरेको छ । यहि वैशाख ११ गते परेकाे असिनाबाट गहुँ बालि सखाप भएपछि ३७ जना किसानहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हाे ।

९४० किलाे चामल, ३७ किलाे दाल, ३७ किलाे नुन र ३७ पाेका तेल सम्वनधित ठाउमै पुगेर नगरप्रमुख पदमबहादुर बाेहराले हस्तान्तरण गर्नुभएकाे थियोे । राहत बितरण गर्दै नगरप्रमुख बाेहराले किसानका दुखमा नगरपालिका साथमै रहेकाे बताउनुभयो ।

असिनापिडित किसानलाई तत्काल सान्त्वना दिन अाफै अनुगमनमा पुगेको र अहिले किसानलाई केही राहत हाेस भनेर खाद्यान्न बितरण गरेकाे बताउनुभयो । अागामि दिनमा किसानलाई र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम ल्याईने जानकारी गराउदै नगरप्रमुख बाेहराले निरास नहुन अाग्रह गर्नुभयो ।

किसानले बालि बिमा र पशुबिमा गरेर लगानी सुरक्षित गर्नतर्फ पनि साेच्नुपर्ने उल्लेख गर्नुभयो । केन्द्र सरकार देखि स्थानीय सरकार सम्मले कृषिलाई उच्च प्राथमिकता दिएर बजेट ल्याउन लागेकाे भन्दै बाेहराले काेराेना भाईरसकाे महामारीको कारण कृषि क्षेत्र र किसानकाे महत्त्व बढ्दै गैरहेकाे बताउनुभयो ।

स्थानीय रैथाने जातका खाद्यान्न बालि जाेगाउदै बढिभन्दा बढि उत्पादन गर्ने, बैकल्पिक तथा नगदे बालिकाे उत्पादन बढाउने कार्यमा किसान अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । राहत बितरण कार्यक्रममा पडा अध्यक्ष गाेपाल थापाले वडावासि किसानकाे दुखसुखमा अाफुहरु निरन्तर खटिरहेकाे बताउनुभयो ।

राहत वितरण कार्यक्रममा वडा सदस्य तेजराज नाथ, वडा सचिव हेमन्त साउद, नगरकाे कृषि विकास शाखाका तर्क भुल, एमअाईएस अपरेटर हाेम साउद, वडाका कृषि प्राविधिक हिरण्ड नाथ र पशुप्राविधिक मीन थापाकाे सहभागीता रहेको थियाे ।