मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा बस आयो कि कोरना आयो भन्ने संन्त्रास बढेको छ

गाउँमा बस आयो कि कोरना आयो भन्ने संन्त्रास बढेको छ


राजेन्द्र कुवर, अछाम।

कोरना भाइरस कोबिड १९ को संक्रमणको डर त्रसले संसार भर भर बन्दा बन्दी भए पछि रोजगारीको लागि भारतमा रहेका युवा जनशक्ती गाउमा यात्रु बहाक बसमा फर्किरहेका छन ।

अहिले हरेक दिन चौरपाटी गाउँ पालिकामा यात्रुबहाक बस विभिन्न वडामा आइरहेको छ , यात्रु आफ्नो गाउँमा फर्कदा बस आयो कि कोरना आयो आयो भन्ने संन्त्रासले सबैलाई चिन्ता बढेको छ ।

अछाम जिल्लाको चौरपाटी गाउँ पालिकामा जेठ ९ गते देखि देशका विभिन्न जिल्ला र कामको खोजिमा भारत गएकाहरुको घरमा फर्कने क्रमले निकै तिब्रता पाएको छ । अहिलेसम्म चौरपाटी गाउँ पालिकाका विभिन्न वडामा नेपाल भित्र बाट ७० जना र भारतबाट१ हजार ३ सय ४२ जना गरि जम्मा १ हजार ३ सय ८५ जना गाउँ फर्केको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो ।

चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिमा ३ सय १३ जना वडा नम्बर २ सोकटमा १ सय ७३ जना वडा नम्बर ३ सोकट गगुडामा १ सय ४४ जना वडा नम्बर ४ पायलमा ३ सय ५१ जना वडा नम्बर ५ लुग्रामा १ सय ६२ जना वडा नम्बर ६ दुनिमा १ सय २६ जना र वडा नम्बर ७ मार्कुमा १ सय १६ जना नेपालका विभिन्न जिल्ला र भारत बाट आएको जानकारी प्रहरी चौकी सिउडी र चौखुट्टेले दिएको छ ।

कोरना भाइरसका कारण जनजीवन अस्तब्यस्त भै भारत बाट आफ्नो घर फर्केका हरेक नागरिकले चौरपाटी गाउँ पालिकाका वडामा निर्माण भएका क्वारेन्टाइनमा हरेक नागरिकले सामाजिक दुरि कायम गरि अनुशासित भएर बस्न गाउँ पालिकाले आग्रह गरेको छ ।