मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टाईन बसिरहेका युवा राति भागेर घर गएपछि घर परिवारलाई समेत क्वारेन्टाईनमा

क्वारेन्टाईन बसिरहेका युवा राति भागेर घर गएपछि घर परिवारलाई समेत क्वारेन्टाईनमा


अछाम २६ जेठ ।

रामारोशन गाउपालिका वडा नम्बर ५ मा क्वारेन्टाईन बसिरहेका युवा राति भागेर घर गएपछि घर परिवारलाई समेत क्वारेन्टाईनमा राखिएको छ ।

९ दिन अघि भारतबाट आएर क्वारेन्टाईन बसिरहेका हिजो राति घर गएपछि उनकि श्रीमति र छोरीलाई समेत क्वारेन्टाईनमा राखिएको रामारोशन गाउपालिका वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण परियारले बताउनु भयो ।

९ दिनको अवधि पुरा गरि बसिरहेका युवा यसरी नियम उलघन गरी राति घर गएपछि अब आजबाट १ दिनबाट दिन सुरु हुने गरि क्वारेन्टाईन बस्नु पर्ने उहाले बताउनु भयो । वडाले स्वयमसेवक राखेको र युवालाई छलेर लुकेर घर भागेकाले यसरी क्वारेन्टाईनमा राखिएको वडा अध्यक्ष परियारले बताउनु भयो ।

अछामका अधिकाश गाउका क्वारेन्टाईनमा बसिरहेका ब्यक्ति क्वारेन्टाईनबाट भागेर जाने समस्या बढदै गईरहेको पाईएको छ । रातभर क्वारेन्टाईनमा बसेता पनि दिनभर माछा मार्न जाने, काफल खान जगलतिर भागेर जाने खबर सार्वजनिक भईरहेका छन ।