मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा आ’त्मदा’ह प्रयास गर्ने एकजनाको मृ’त्यु

अछाममा आ’त्मदा’ह प्रयास गर्ने एकजनाको मृ’त्यु


अछाम – जिल्लाको बयलपाटा अस्पतालको गेटमा आ’त्मदा’ह प्रयास गर्ने सफाइ कर्मचारीको उपचारका क्रममा मृ’त्यु भएको छ । अस्पतालमा सफाइका रूपमा कार्यरत अछाम साँफेबगर–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आ’त्मदा’हको प्रयास गरेका थिए ।

शरीरमा पेट्रोल छर्किएर आगो लगाएका उनलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो । उपचारका क्रममा सोमबार अपराह्न नि’धन भएको अछामको सहायक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादवले बताए ।

“अस्पतालको गेटमै पेट्रोल छर्किएर आफैंलाई आ’गो लगाउनु भएछ । तुरुन्तै उद्धार गरि हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेजमा पुर्‍याइएको थियो । दिउँसो ४ बजेतिर मुत्यु भयो भन्ने जानकारी पाएका छौं,” उनले भने । उनले घटनाको अनुसन्धान हुन बाँकी रहेको बताए ।

“त्यही कारण हो कि अरू कारणले उनले आ’त्मदा’हको बाटो रोजेका हुन्, खुलेको छैन । नखुली भन्ने कुरा पनि भएन,” उनी भन्छन् । उनले प्रहरीले अनुसन्धान गरिरहेको पनि बताए । घट्ना बारेमा थप जानकारी लिन खोज्दा अस्पतालको प्रशासन संग सम्पर्क हुन सकेन।

आउजी बयलपाटा अस्पतालमा करारमा कार्यरत कर्मचारी हुन् । अस्पतालले आर्थिक सङ्कटका कारण केहि कर्मचारीको करार नबिकरण नगर्ने निर्णय गरेर थियो। त्यसमा आउजी पनि परेका थिए ।