मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा नाबालकसहित ५५ जना कोरोना संक्रमण थपिए

कर्णालीमा नाबालकसहित ५५ जना कोरोना संक्रमण थपिए


सुर्खेत- कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौं स्थायी घर भई सुर्खेतकाे चिङ्गाड गाउँपालिका वडा नं. ५ बस्ने १ जना गरी कुल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा न. १ का एक वर्षीय बालिकसहित ११ जना, वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ८ जना, वडा नं. ५ मा १ जना, वडा नं. ६ मा १८ जना र भैरवी गाउँपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. १ मा १ जना वडा नं. २ मा ४ जना वडा नं.४ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जनाए।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ सय ६३ पुगेको छ। जसमध्ये ६० जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।