मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पितृ सोकमा परेका संचारकर्मी रावल प्रति पत्रकार महासंघ लगायतका संघसंगठन तथा संचारमाध्यमद्धारा समबेदना व्यक्त

पितृ सोकमा परेका संचारकर्मी रावल प्रति पत्रकार महासंघ लगायतका संघसंगठन तथा संचारमाध्यमद्धारा समबेदना व्यक्त


पूर्ण बहादुर खड्का, अछाम ।

संचारकर्मी कमल कुमार रावललाई पितृ सोक परेको छ । जिल्लामा दशक देखि पत्रकारीता गर्दै आउनु भएका संचारकर्मी रावलका बुवा हर्क बहादुर रावलको शुक्रबार राती ६३ बर्षको उमेरमा निधन भएको छ ।

पितृ सोकमा रहेका रावल र उनको पविारलाई जिल्ला स्थित पत्रकार संघसंगठको छाता संगठन नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछाम लगायतका अन्य संघ संगठन तथा संचार माध्यमहरुले शोक व्यक्त गरेका छन् ।

रेडियो रामारोशनका सहायक स्टशेन म्यानेजर, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का जिल्ला संयोजक एवंम प्रेस संगठन अछामका सचिवालय सदस्य समेत रहेका संचारकर्मी रावललाई परेको पितृ सोकमा पत्रकार महासंघ अछामले सोक बिज्ञप्ती जारी गर्दै मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली तथा सोकसन्तबद परिवारमा गहिरो समबेदना प्रकट गरिएको छ ।

महासंघ अछामका अध्यक्ष खम्म खत्रीद्धारा जारी बिज्ञप्तीमा सोकको यस घडिमा धर्य रहन संचाकर्मी रावललाई आग्रह गरिएको छ ।

यस्तै प्रेस संगठन नेपाल जिल्ला शाखा अछाम, प्रेस युनियन जिल्ला शाखा अछाम, नेपाल फोटो पत्रकार महासंघ अछाम, सुदूर आज डटकम, रेडियो रामारोशन र रेडियो सोसाईटीले पनि पृति सोकमा रहेका संचारकर्मी रावलका बुवाको चिर शान्तीको कामना र पविार प्रति विज्ञप्ती जारी गर्दै समबेदना प्रकट गरेका छन् ।

मृतक रावलको शनिबार कैलाशखोलामा अन्तेष्टि गरिएको आफन्तजनले जनाएका छन् ।