मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालागाड लघु जलबिधुत अवरुद्ध भएको लामो समय देखी बत्ती बल्न सकेन

तालागाड लघु जलबिधुत अवरुद्ध भएको लामो समय देखी बत्ती बल्न सकेन


विनायक – पञ्चदेवल विनायक नगरपालिकाको तालागाड लघु जलविद्युत अवरुद्ध भएको लामो समय भइसक्दा समेत सन्चालन हुन सकेको छैन । वडा नम्वर ५ लयाँटीमा रहेको उक्त विद्युतको पावर हाउसको जेनेरेटरमा समस्या आएपछि करिव एक महिना देखी विद्युत अवरुद्ध भएको हो ।

नगरपालिकाको केन्द्र विन्दुमा रहेको विनायक बजार लगायत वडा नम्वर २, ३ विनायक, वडा नम्वर ४ कालिकास्थान र वडा नम्वर ५ लयाँटीमा नियमित सन्चाल भइरहेको विद्युत अवरुद्ध हुँदा सेवा ग्राहीलाई सास्ती भएको भएको छ । विशेष गरि पुर्वी अछाम विनायकमा रहेका रेडियो, सन्चार माद्याम, बैंक, आइएमि सेवा बढि प्रभावित भएका छन ।

तालागाड लद्यु जलविद्युतमा भइरहने अनियमितताका कारणले यो बिषम परिस्थितीमा आम नगरबासीलाई समाचार,सुचना,शन्देश तथा सुसुचित गर्न कठिनाई भएको रेडियो पञ्चदेवलका स्टेसन प्रमुख दिनेश केशीले बताए । उनका अनुसार तालागाड लघु जलविद्युत सन्चालन देखीनै पटक पटक समस्या आइरहने भएपनि केहि महिना यता भने नियमित सन्चालनमा आएको भएपनि फेरी अवरुद्ध भएको करिब एक महिना बितिसक्दा समेत सरोकारवालाले कुनै चासो नदेखाउनु दुखद कुरा भएको छ ।

करिब महिना देखी अवरुद्ध बिद्युत सन्चालनमा आउने कुनै संकेत देखिएपनि दिगो र प्रभावकारी हुन नसक्दा आम नगरबासीले बेला बेला सास्ती खेप्नुका साथै सन्चार माद्याम बढि प्रभावबित हुने गरेको रेडियो परिबर्तनका स्टेसन प्रमुख महेश प्रशाद रिमालले जानकारी दिए। उता तालागाडका विद्युत सन्चालक मान बहादुर शाहीका अनुसार बिग्रेको सामान काठमाण्डौमा मात्रै पाइने भएकाले केहि समय लाग्ने भएको छ ।

आइतबार मात्रै काठमाण्डौ बाट सामान ल्याउने र बुधबारबाट विद्युत नियमित सन्चालनमा आउने उनको भनाइ छ । विद्युत सन्चालनको जिम्मा लिएको पञ्चदेवल विनायक नगरपालिकाले भने वास्ता नगरेको केहि सरोकारवाला ब्याक्तीहरुले बताए पनि नगर प्रमुख देवराज देबकोटाले भने बत्ती नियमित सन्चालन गर्न नगरपालिकाले पहल गरिरहेको बताए।