मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीको बजेट करिब ३४ अर्ब

कर्णालीको बजेट करिब ३४ अर्ब


काठमाडौं । कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब  ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । 

कुल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोज गरेको बताए । जुन कुल विनियोजित बजेटको ५७ प्रतिशत हो । यस्तै पुँजीगत खर्चतर्फ ११ अर्ब ६७ करोड  ५७ लाख ३२ हजार बजेट विनियोजन गरेको छन् । जुन विनियोजित बजेटको ३४ प्रतिशत हो । वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ९९ करोड ६५ लाखबजेट विनियोजन भएको छ । जुन विनियोजित बजेटको ९ प्रतिशत हो ।

उनले सदनमा बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ८७ करोड ४१ लाख तथा रोजगार तर्फका कार्यक्रममा २ अर्ब ५८ करोड बजेट विनियोजन गरेको बताए । यस्तै अन्य कार्यक्रम र प्रशासनिक खर्च तर्फ ८ अर्ब ५१ करोड ९० लाख बजेट विनियोजन गरेको उनले बताए । जुन विनियोजित बजेटको २५ प्रतिशत हो । बजेटले करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । 

स्रोत व्यवस्थापन 

करिब ३४ अर्बको बजेट प्रस्तुत गरेको आर्थिक मामिलामन्त्री ज्वालाले स्रोत व्यवस्थापनमा सबैभन्दा हिस्सा नै चालु आबमा खर्च हुन नसकेको बजेट हुने उल्लेख गरे । प्रदेश सरकारको स्रोत व्यवस्थापन तर्फ ११ अर्ब  १९ करोड ९ लाख ८५ हजार चालु आर्थिक वर्षमा खर्च नभएको रकम,  ३० करोड ६ लाख ४३ हजार आन्तरिक राजश्वबाट, ७ अर्ब ३९ करोड ५६ लाख संघीय सरकारको राजश्व बाँडफाँड, ९ अर्ब ६३ करोड २९ लाख वित्तीय समानीकरण अनुदानबाट स्रोत व्यवस्थापन हुने मन्त्री ज्वालाले जानकारी दिए । 

यस्तै ४ अर्ब  ४९ करोड ११ लाख सर्शत अनुदान, २५ करोड २५ लाख समपूरक अनुदान, ४६ करोड विशेष अनुदान र १ करोड ७६ लाख वैदेशिक सहायताबाट स्रोत व्यवस्थापन हुने उनले बताए । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने स्रोतमा कटौती हुँदा र कोभिड १९ रोकथाम र नियान्त्रण तथा रोजगारी सिर्जनामा बजेट बढाउनुपर्ने अवस्थाले गर्दा चालु खर्च र प्रशासनिक खर्च कटौती गरेको उनले बताए ।