मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानसेनापति सहित सशस्त्र प्रहरी प्रमुख दार्चुलाको छाङरुमा

प्रधानसेनापति सहित सशस्त्र प्रहरी प्रमुख दार्चुलाको छाङरुमा


धनगढी : प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलामा स्थापना गरीएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि प्रस्थान गरेका छन्।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन्।

काठमाडौंबाट धनगढीसम्म चार्टर विमान र धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जाने कार्यक्रम रहेको छ। 

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो।