मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा ४६ जना थपिए संगै कोरोना संक्रमितकाे संख्या १,२४५ पुग्याे

कर्णालीमा ४६ जना थपिए संगै कोरोना संक्रमितकाे संख्या १,२४५ पुग्याे


सुर्खेत- कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना छन्। सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १२ सय ४५ जना पुगेको छ। 

संक्रमित हुनेमा जाजरकोटको बारेकोट गाउँपालिका ५ का १ जना छन्। यस्तै दैलेखको भैरवी गाउँपालिका १ का एक जना, वडा ४ का दुई जना, गुराँस गाउँपालिका ५ का एकजना, महावु गाउँपालिका २ का तीन जना, वडा ३ का चार जना, वडा ४ र ५ का एकएक जना, वडा ६ का दुई जना तथा नौमेले गाउँपालिका ५, नारायण नगरपालिका ३ र ८ का एकएक जना छन्।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका ३ र ४ मा एकएक जना, वडा १ र ९ मा दुईदुई जना, वडा २ र ६ मा तीनतीन जना, बागचौर नगरपालिका वडा १२ मा चार जना, सिद्धकुमाख गाउँपालिका २ मा एक जना, वडा ४ मा दुई जना, त्रिवेणी गाउँपालिका १, २, ३ मा एकएक जना, त्रिवेणीकै वडा ६ र कालिकामाटी गाउँपालिका ५ मा दुईदुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

त्यस्तै आज प्रदेश अस्पताल सुर्खेतबाट सातजना, लेकबेसी नगरपालिकाको आइसोलेसन सेन्टरबाट दुई जना गरी नौ जना कोरोना संक्रमण मुक्त भएका छन्। कर्णाली हालसम्म पाँच सय १७ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। – नेपाल समय