मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कर्णाली प्रदेशमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित पाँच जना प्राविधिकतर्फका स्वास्थ्यकर्मी हुन्। संक्रमितमध्ये एक जना भिडियो एक्सरेमा कार्यरत र चार जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरु हुन् ।

गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका विरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको मन्त्रालयको भनाइ छ।

जेठ ३१ र ३२ गते दैलेखका दुई र सुर्खेतका एक जना विरामी अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका विरामीमा कोरोना संक्रमण देखिएको छ ।

आकस्मिक कक्षमा उपचार गराइरहेका विरामीमा कोरोना देखिएपछि अस्पतालले संक्रमितको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेको थियो ।

कार्यालय सहयोगीसहित ४२ जनाको पीसीआर परीक्षण गर्दा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो।