मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तत अछामका १० वटै तहलाई छोयो कोरोनाले, आज २२ जना थपिए

अन्तत अछामका १० वटै तहलाई छोयो कोरोनाले, आज २२ जना थपिए


अछाम । अन्तत नोबेल कोरोना भाइरसको संक्रमण जिल्लाका सबै पालिकामा फैलिएको छ। बुधबार थप २२ जनामा संक्रमण पुष्टि भएका मध्ये १ जना पंचदेवल विनायक नगरपालिकाका व्यक्तिमा पनि रहेका छन्।

यसअघि विनायक नगरपालिका बाहेकका जिल्लाका अन्य पालिकामा मात्र संक्रमित भेटिएका थिए। आज चौरपाटी गाउँपालिकाका १३ जना मंगलसैनका नगरपालिका ६ जना मेल्लेख गाउँपालिकाका २ जना र पञ्चदेवल बिनायक नगरपालिका १ जना गरी २२ जना कोरोना संक्रमण पुष्टि भएको हो।

आज पुस्टि भएका हरुमा २ बर्सिया बालक देखि ५० बर्ष उमेर समुहका रहेका स्वास्थ्य कार्यालय अछाम सूचना अधिकारी देव जोशीले जानकारी दिए।