मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरको बजेट एक अर्ब ६३ करोड

धनगढी उपमहानगरको बजेट एक अर्ब ६३ करोड


धनगढी  : धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि डेढ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ। उपमहानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौ नगर सभामा सार्बजनिक गरिन्।

प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ८५ करोड र पूजीगत तर्फ ७८ करोड ८२ लाख रहेको छ। कोरोना भाईरसबाट सिर्जित संकट व्यवस्थापन गर्न बजेट केन्द्रित पारिएको उपमेयर भट्टले बताईन्।

पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधी तथा संचार विकास, उद्यम तथा सहकारी विकास, मानव संशाधन सामाजिक विकास, पर्यटन प्रवद्र्धन लगायतमा बजेटले प्राथमिकता दिएको छ। – दिनेश खबर