मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरद्धारा ६० करोड ८५ लाख बढीको बजेट प्रस्तुत, बयालपाटा अस्पताललाई ७० लाख बिनियोजित

साँफेबगर नगरद्धारा ६० करोड ८५ लाख बढीको बजेट प्रस्तुत, बयालपाटा अस्पताललाई ७० लाख बिनियोजित


सरिता खड्का, अछाम ।

साँफेबगर नगरपालिकाकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाचौ नगर सभा मार्फत नगर उपप्रमुख बिर्मला देबी बुडथापाले नगरपालिकाको आगामी आर्थिक बष २०७७७८का लागी ६० करोड ८५ लाख ५६ हजारको बजेट र निति तथा कार्यक्रम सार्बजनिक गरिन् ।

चालु तर्फ २२ करोड ६९ लाख र ससर्त तर्फ ३६ करोड ७१ लाख बजेट रहेको छ । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागी स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा १ करोड २३ लाख रकम बिनियोजन गरिएको नगर प्रमुख कुलबहादुर कुवरले बताए ।

अहिलेको परिस्थीतिलाई मध्यनजर गर्दे आर्थिक संकट समेत झेलिरहेको बयलपाटा अस्पताललाई ७० लाख बजेट बिनियोजन गरिएको नगर प्रमुख कुवरले जानकारी दिए । नगरले अधिकाश पुरानै कार्यक्रमलाई निरन्तरता दिदैँ कार्यान्वयनमा जोड दिएको छ ।

सिप बिकास तथा जनचेतना तालिम तथा गोष्ठी कपाल देखि कम्प्युटर तालिम, पशु व्यवसाय प्रवद्र्धन, कृषिलाई व्यवसायीकरण, महिला तथा वालवालिका, खानेपानी योजना, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति, सबै वडामा विद्युत पु¥याईने जस्ता पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् ।