मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढ गाउँपालीकाको बजेट स्वास्थ्यमा केन्द्रित, ३१ करोड २० लाख बढीको बजेट प्रस्तुत

बान्नीगढी जयगढ गाउँपालीकाको बजेट स्वास्थ्यमा केन्द्रित, ३१ करोड २० लाख बढीको बजेट प्रस्तुत


१५ सैयाको अस्पताल निर्माण कार्यका लागि आवश्यकिय पूर्वाधार तय गरिने

अछाम – बान्नीगढी जयगढ गाउँपालीकाले २०७७ र ०७८ को निती तथा कार्यक्रम गाउ सभामा पेश गरेको छ । गाउँपालीकाले चौथो गाउ सभामा ३१ करोड २० लाख ९६ हजार ५ सय ५० रूपैयाँको बजेट पेश गरेको हो ।

गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले उक्त बजेट गाउ सभामा पेस गरेका थिए । बजेटले बान्नीगढी जयगढ गाउँपालीकामा ५० बेडको आईसोलशन निर्माण कार्यलाई दुर्त गतिमा अगाडि बढाउने, १५ सैयाको अस्पताल निर्माण कार्य आवश्यकिय पूर्वाधार तय गरिने, स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकता दिने निति तथा कार्यक्रम राखेको छ ।

मातृमृत्युदर मध्यनजर गर्दै सुत्केरी घरभेट कार्यक्रम सञ्चालन गर्ने, कोरोना महामारीले रोजगार गुमाएकाहरुलाई स्वरोजगार बनाउने अध्यक्ष युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने, जयगढ बजारमा खानेपानीमा मिटर सिस्टम लागु गर्ने, जयगढ बजारमा एक तरकारी संकलन केन्द्र स्थापनाका लागि पहल गर्ने, गाउँपालीका स्तरीय घुम्ती शिविर सञ्चालन गर्न आवश्यक कार्यक्रम तय गने समेत कार्यक्रम रहेका छन् ।

यस्तै घरेलु तथा साना उद्योगको बिस्तार गरिने, कुखुरा चल्ला उत्पादनका लागि ह्याचरी स्थापन गर्न प्रोत्साहन गर्ने, गाउँपालीका सबै वडाका सडकहरूलाई बाह् महिना भरी सञ्चालन गर्न सक्ने गरी स्तरोन्नती गरिने, विपद् उद्धार तथा राहत कोषमा रकम बृद्धि गरिने, मनोरञ्जनको क्षेत्रहरूलाई व्यवस्थित गर्न कार्यविधि तय गरिने, लगायतका योजना तथा कार्यक्रममा समावेश गरिएको छ ।

उता चौरपाटी गाउँपालिकाले पनी आगामी बवर्षका लागी बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गाउसभा मार्फत उपाध्यक्ष माया कुवरले आगमी कर्ष २०७७/७८ का लागी ४४ करोड २५ लाख ५४ हजार बजेट, निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

गाउपालिकाले पनी कोरोनाले पारेको यस बिषम परिस्थतिलाई मध्ये नजर गर्दे बजेट, निति तथा कार्यक्रम ल्याएको छ ।