मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरको बजेटमा कृषीलाई प्राथमीकता, ६१ करोड ३ लाख बराबरको बजेट प्रस्तुत

मंगलसेन नगरको बजेटमा कृषीलाई प्राथमीकता, ६१ करोड ३ लाख बराबरको बजेट प्रस्तुत


अछाम – आर्थिक बर्ष २०७७/०७८ को निती, कार्यक्रम तथा बजेटमा मंगलसेन नगरपालिकाले ६१ करोड ३ लाख ३ हजार ३ सय ९० रुपैंया बरावरको वजेट प्रस्तुत गरेको छ । पाचौं नगरसभामा “आफ्नो जग्गा आफ्नै वारि, बाँझो नराखी बनाउ हरियाली” भन्ने मुल नारा सहित कृषीलाई प्राथमीकतामा राखिएको छ।

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्ष्यतामा सम्पन्न पाचौ नगरसभाले कोरानाका कारण भारत लगायतका तेस्रो मुलुकबाट धेरै नागरिहरु भित्रिएको भन्दै अब उनिहरुलाई कृषिबाटै अत्मनिर्भर बनाउने योजना रहेको निती तथा कार्यक्रममा उल्लेख छ ।

वेरोजगार युवाहरुलाई विकाश निर्माण कार्यमा संलग्न गराई रोजगारीको अवसर प्रदान गर्ने भन्दै कृषी अन्तरगत कृर्षकहरुलाई उत्पादन वृद्धीमा उत्प्रेरीत गर्नका लागी नगरका ४ वटा स्थानमा कृषी उपज संकलन केन्द्र स्थापना गर्ने, वाँझो रहेको जमीनलाई उत्पादन मुखी बनाई कृर्षी उत्पादन गर्न ५० प्रतीशत अनुदानमा वर्षे तथा हिउँदे फलफुलका बोट वितरण गर्ने, मसला जन्य उपभोग्य  बस्तुमा आत्मनिर्भन नगर बनाउन २ रोपनी बढी जमीनमा खेती गर्ने किसानलाई विषेश अनुदानको व्यवस्था गर्ने जनाईएको छ ।

यस्तै लागत साझेदारीमा मध्य पहाडी लाकमार्गको दुध उत्पादन कार्यक्रमका लागी २१ लाख लागी ८० हजार छुट्याईएको छ । नगरपालीकाका १४ वटै वडामा उत्पादनको आधारमा कृर्षी पकेटक्षेत्र निर्धारण गरी आवस्य बजेट छुट्याईएको बजेट बक्तव्यमा जनाईएको छ । यस्तै नगर क्षेत्रको आधारभुत पुर्वाधार निर्माण, फेहोरमैला व्ययस्थापन, प्रकोप न्युनीकरण, तथा वातावरण संरक्षण, व्यवसायीक कृषी, पशुपालन तथा आय आर्जनका क्रीयाकलापहरुको विस्तार, संस्थागत दक्षता अभिवृद्धीका लागी जनशक्ती विकास तथा सेवा प्रवाहका् लागी आधारभुत पुर्वाधार निर्माण लगायतको योजनाहरु प्राथमीक्तामा राखीएको छ ।

आर्थीक बिकाश र गरीवी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादन मुलक तथा छीटो प्रतीफल दिने योजना तथा कार्यक्रमहरु, लैंगीक समानता र सामाजीक समावेशीकरणमा अभिवृद्धी गर्ने, सेवा प्रवाह संस्थागत विकास र सुसाशनमा योगदान पु¥याउने, नगरपालीकाको मापदण्ड अनुरुपको भौतीक पुर्वाधारको विकाश एंव नितीगत सुधार गर्ने, नगर नगर क्षेत्र भीत्र शिक्षा, स्वास्थ्य तथा खानेपानीको स्तरोन्ती गर्ने योजनाहरु पनि आर्थिक बर्ष २०७७–०७८ का लागी प्राथमीकतामा परेको छन् ।

नगरपालीकाले विश्वभर महामरीका रुपमा फैलीरहेको कोराना भाईरस कोभीड–१९ को जाखीम रोकथा तथा न्युनीकरणका अन्तरगत स्वास्थ्य सामग्री खरीद एवं प्रर्वधनात्मक कार्यक्रमको लागी २५ लाख रुैपया विनीयोजन गरेको छ भने कोभीड १९ तथा प्राकृतीक प्रकोपबाट सीर्जीत समस्याको निराकरणको लागी ५० लाख विनीयोजन गरीएको छ । यस्तै आर्थीक वर्ष ०७६–७७ समिक्षामा कोभिड १९ का कारण देशमा लकडाउन हुँदा नगरपालिकाले संचालन गर्दै आएका योजनाहरु अपेक्षाकृत ढंगले पूरा हुन नसकेको नगर प्रमुख बोहराले बताए।

चालु आर्थीक वर्षको वार्षीक प्रगतीको समीक्षा गर्दै नगर उप–प्रमुख उपाध्यायले कुल बजेट ५८ करोड २८ लाख ५७ हजार १ सय ९३ मध्ये चालु तर्फ ३६ करोड ४२ लाख ९३ हजार ९ सय ६३ र पुजीगत तर्फ २१ करोड ८५ लाख ६४ हजार बिनीयोजीत रकमबाट हाल सम्म चालु तर्फ २५ करोड ६१ लाख ८१ हजार ३ सय ८० अर्थात (७०.३२) प्रतीसत र पुजीगत तर्फ ११ करोड ४५ लाख ३५ हजार ७ सय ९ अर्थात (५२.६०) प्रतीसत खर्च भएको जानकारी गराएका थिए।