मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारको बजेटमा स्वास्थ्य पहिलो प्राथमिकता, ४३ करोड बढिको बजेट सार्बजनिक

कमलबजारको बजेटमा स्वास्थ्य पहिलो प्राथमिकता, ४३ करोड बढिको बजेट सार्बजनिक


अछाम – कमलबजार नगरपालिकाद्धारा आर्थिक बर्ष २०७७/०७८ का लागी ४३ करोड बढिको बजेट सार्बजनिक गरेको छ। नगरपालिकाले आर्थिक बर्ष २०७७र०७८ का लागी ४३ करोड १३ लाख ३६ हजार १३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको हो ।

नगरपालिकाको छैठौँ नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उप प्रमुख भूमिशरण ढकाल बजगाईले सो बजेट सार्बजनिक गर्नुभएको हो । कृषि, शिक्षा स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राख्दै नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गरेको हो ।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै कमलबजार नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बजेट ल्याएको दाबि गरेको छ ।

मानब स्वास्थ्य नै पहिलो प्राथमिकता भएकाले यस बर्षको बजेट कोरोना महामारी नियन्त्रणमा बढी केन्द्रीत हुने निति तथा कार्यक्रममा उल्लेख छ ।