मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकाद्वारा ३६ करोड ११ लाख बढीको बजेट प्रस्तुत

ढकारी गाउँपालिकाद्वारा ३६ करोड ११ लाख बढीको बजेट प्रस्तुत


अछाम – ढकारी गाउँपालिकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाँचौ गाउँसभा मार्फत गाउँपालिका उपप्रमुख लक्ष्मी साउँदले गाउँपालिकाको आगामी आर्थिक बर्ष ०७७/७८का लागी ३६ करोड ११ लाख ६६ हजार ५० रुपैया बराबरको बजेट,निति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन् ।

चालु तर्फ १७ करोड ९१ लाख ९७ हजार ५० र ससर्त तर्फ १८ करोड १९ लाख ६९ हजार बजेट रहेको छ । कृषि,शिक्षा स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गरेको हो ।

मानव स्वास्थ्य नै पहिलो प्राथमिकता भएकाले यस बर्षको बजेट कोरोना महामारी नियन्त्रणमा बढी केन्द्रीत हुने निति तथा कार्यक्रममा उल्लेख छ । कोरोना भाईरसका कारण उत्पन्न संकटलाई व्यवस्थापन गर्दै आर्थिक रुपले अति बिपन्न श्रमिक तथा मजदुरहरुको तथ्यांक संकलन गरी श्रममुलक प्रबिधिको प्रयोग गरी कार्यावन्यन गरिने र गाउँमै रोजगारीको सिर्जना गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सिप विकास तथा जनचेतना मुलक तालिम तथा गोष्ठी, कम्प्युटर तालिम, पशु व्यवसाय प्रवर्द्धन, कृषिलाई व्यवसायीकरण, महिला तथा बालबालिका ,खानेपानी योजनामा एक घर एक धारा, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति, साथै बिद्धुतको केन्द्रिय प्रसारण लाईनलाई ढकारी गाउँपालिकाको केन्द्रसम्म पुर्‍याईनुका साथै गाउँपालिकाको केन्द्र देखी वडा सम्म लाईन विस्तारका लागी आवश्यक बजेट बिनियोजन गर्ने लगायतका योजना कार्यक्रममा समावेश गरिएका छन् ।