मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाचुर्लामा पहिरो : बाबु छोराको मृ’त्यु

दाचुर्लामा पहिरो : बाबु छोराको मृ’त्यु


दार्चुला : जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले दुई जनाको ज्या’न गएको छ ।

गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्या’न गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

उनकी श्रीमती चनमति महता गम्भिर घा’इते रहेको तथा उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ । मृ’तक चन्द्र महताको घर पूर्ण रुपमा क्ष’ति भएको उहाले बताए ।

यस्तै अन्य तीन जनाको घरमा समेत भएको उहाले बताए । सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ । पहिरोले पुर्याएको क्ष’तिको विवरण आउन बाँकी रहेको छ ।