मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीमा कारोना पुष्टी भए पछि बिनायक बजार सिल

स्वास्थ्यकर्मीमा कारोना पुष्टी भए पछि बिनायक बजार सिल


पञ्चदेवल विनायक नगरमा कोरोना संक्रमितको संख्या ८ पुग्यो

दिनेश केसी – विश्व महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड १९ का कारण संक्रमीत बढेसंगै अछामको पन्चदेवल बिनायक नगरपालिकाको बिनायक बजार सिल गरिएको छ ।

नगरपालिकाका विभिन्न वडाहरुमा र प्रतिकार्यमा खटिएका स्वास्थकर्मी सहित ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिए संगै संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न पन्चदेवल बिनायक बजार सिल गरि बन्दाबन्दीलाई थप कडाइ गरिएको हो ।

नगरपालिकाले शुक्रबार आकस्मिक बैठक गरि पछिल्लो अवस्थाले निकट भविष्यमा संक्रमणको जोखिम भयावह हुन सक्ने देखिएकाले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

खाद्यान्न, तरकारी, डेरी तथा नेपाल सरकार राजपत्रमा उल्लेखित अत्यावश्यक सेवा प्रवाह गर्ने पसलहरु बिहान ७ बजे देखि ९ बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजे सम्म दैनिक ४ घण्टा सम्म मात्रै खुल्ला गर्ने ,औषधि पसल २४ सै घण्टा खुल्ला गर्ने, नगरपालिकासंग सम्वन्धित कार्य र स्वास्थ्य सेवाका लागी आएका ब्याक्तीहरुलाइ मात्रै होटलहरुले गाँस, बासको प्रबन्ध गर्ने निर्णय गरेको छ।

चिया नास्ता पुर्ण रुपमा बन्द गर्ने, सेवाग्राही र सेवा प्रदायक कर्मचारीहरुको भेट नहुने गरि नगरपालिकाको सेवा प्रभाह गर्ने कार्यालयको गेट बाहिर सेवाग्राहीको फाइल तथा कागजात राख्न लगाई कर्मचारीले मात्र कार्यालय प्रमुख वा विषयगत साखामा पुर्याउने कार्य गर्ने, उल्लेखित उपायहरु अवलम्बन गर्दा कम्तीमा २ मिटर भौतिक दुरि कडाइका साथ कायम गर्ने निर्णय आकस्मिक बैठकमा गरिएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाका संकट ब्यावस्थापन केन्द्रका संयोजक तथा नगर प्रमुख देवराज देवकोटाको अध्यक्षतामा बैठक बसेको थियो।