मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण पुष्टि भएपछि आ’त्मह’त्या

कोरोना संक्रमण पुष्टि भएपछि आ’त्मह’त्या


बझाङ – कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवकले आ’त्मह’त्या गरेका छन्। गत जेठ १९ गते भारतबाट आएका खप्तड छान्ना गाउँपालिका- ७ का १८ वर्षीय युवकले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट आ’त्मह’त्या गरेका हुन्।

गडराय गाउँका ती युवकसँगै भारतबाट आएर क्वारेन्टिनमा बसेका २५ जनाको गत ८ गते आरडीटी परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। आरडीटी पोजेटिभ आएका पाँच जनाको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाएर सबैजसो आआफ्नो घर गएकाले ती युवक पनि बाहिर कतै ननिस्कने र सामाजिक दूरी कायम गरेर बस्ने सर्तमा केही दिनअघि घरमा गएको गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाले जानकारी दिए।

आरडीटी पोजेटिभ आएकामध्ये हिजो (बिहीबार) ती युवकको पीसीआर रिपोर्टमात्रै पोजेटिभ आएको रोकायाले बताए। कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय तहले उनलाई आइसोलेसनमा लैजाने तयारी गरेको थियो। तर परिवारका सदस्यहरुले घरमा छुट्टै कोठामा बसाल्ने व्यवस्था गर्ने भनेपछि उनलाई घरमै बस्न दिइएकाे थियाे।

घरमा छुट्टै काेठामा रहेका उनी आज (शुक्रबार) बिहान लामो समयसम्म बाहिर ननिस्कएपछि परिवारका सदस्य कोठामा पुगेर हेर्दा नभेटिएको र दिउँसो खाेजी गर्दा घर नजिकैको जंगलमा गएर झु’ण्डि’एको अवस्थामा भेटिएको जानकारी आफूले पाएको गाउँपालिका अध्यक्ष रोकायाले नेपाल समयलाई बताए। युवक मृत भेटिएको ठाउँमा प्रहरी जाँदै गरेको रोकायाले जानकारी दिए। – नेपाल समय