मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवलमा मात्रै संक्रमितको संख्या १२ पुग्यो

पञ्चदेवलमा मात्रै संक्रमितको संख्या १२ पुग्यो


दिनेश केशी, अछाम

पञ्चदेवल विनायक नगरपालिकामा थप ३ जनामा कोरोना पुष्टी भए संगै कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नगरपालिकाको वडा नम्वर ४ कालिकास्थानका २ जना र वडा नम्वर १ कुइकाका १ जनामा कोरोना पुष्टी भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले जानकारी दिए।

उनका अनुसार हाल सम्म पञ्चदेवलका ४ वटा वडामा कारोना संक्रमण फैलिएको छ । वडा नम्वर ६ तोलीमा ६ जना,वडा नम्वर ८ बारलामा २ जना, वडा नम्वर विनायकका स्वास्थ्यकर्मी १ जनामा, वडा नम्वर १ कुईकामा १ जना र वडा नम्वर ४ कालिकास्थानमा २ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा साखा प्रमुख लक्ष्मिकान्त बजगाईले जानकारी दिए।