मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माया प्रेममा रहेका युवायुवतीले नहरमा सँगै हाम’फा’लेपछि….

माया प्रेममा रहेका युवायुवतीले नहरमा सँगै हाम’फा’लेपछि….


कञ्चनपुर- प्रेम सम्बन्धमा रहेका एक जोडीले कञ्चनपुरमा सँगै नहरमा हा’म फा’लेका छन्। शुक्रबार मध्यान्न भीमदत्त नगरपालिका–१ भाँसीमा युवायुवतीले नहरमा हा’म फा’लेका हुन्।

प्रहरीका अनुसार नहरमा हाम’फा’ल्ने युवक वडा नम्बर २ उल्टाखामका २२ वर्षीय राकेश चौधरी हुन्। युवती महुलियाकी १९ वर्षीया रेनु चौधरी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अमरबहादुर थापा क्षेत्रीले नहरमा सँगै हाम फालेका दुईमध्ये युवतीलाई स्थानीयले सकुशल नै उद्धार गरेका छन्।

युवक भने वेपत्ता छन्। स्थानीय सुरेश चौधरीका अनुसार रेनुले हा’मफा’लेको उनकी साथीले देखेपछि कराएकी थिइन्। उनी कराएको सुनेर नजिकै रहेका स्थानीयले रेनुलाई सकुशल उद्धर गरेका थिए।

रेनु होशमा आएपछि उनैले राकेशले पनि हाम’फा’लेको र बचाउन भनेपछि सँगै हा’म फा’लेको खुलेको प्रहरीले जनाएको छ। – नेपाल समय