मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम घर भएका शाही नेपाली सेनाको उपरथीमा बढुवा

सुदूरपश्चिम घर भएका शाही नेपाली सेनाको उपरथीमा बढुवा


धनगढी :सुदूरपश्चिम घर भएका नेपाली सेनाका सहायक रथी प्रेमबहादुर शाही उपरथीमा बढुवा भएका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका शाहीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

शाहीलाई नेपाल सरकारको १५ असारमा बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार बढुवा गरिएको नेपाली सेनाले जनाएको छ।

उपरथीमा पदोन्नती भएका शाहीले नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी समेत पाएका छन्।

यस्तै शाहीसँगै सहायक रथीमा पदोन्नती भएका प्रेम बहादुर पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ। – दिनेश खबर