मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीका पत्रकार खड्का मृ’त्यु प्र’कर’णको छानविनको माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

डोटीका पत्रकार खड्का मृ’त्यु प्र’कर’णको छानविनको माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र


धनगढीः डोटीका पत्रकार तेजबहादुर खड्का मृ’त्युको घट’नाको स’त्यत’थ्य छा’नविन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ। सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्का मृ’त्युको घ’टनाको छा’नविनको स’त्यत’थ्य छानविन र मृ’तकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन्।

प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले शुक्रबार दिउँसो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै घ’टनाको छा’नविन र परिवारलाई राहत प्रदान गर्न माग गरिएको बताए। मुख्यमन्त्री भट्टले ध्यानाकर्षण पत्र बुझ्दै घटनाको छानविनका लागि सम्बन्धी जिल्लाको प्रशासनलाई आग्रह गरिने बताएका छन्।

‘हामीले पत्रकार खड्का बे’पत्ता हुने वित्तिकै खोजी कार्य जारी राखेका थियौँ, अहिले कंकाल खड्काको नै भएको पुष्टि भएको छ।’ मुख्यमन्त्री भट्टले भने, ‘उनको के कति कारणले मृ’त्यु भएको हो, त्यसको छा’नविनका लागि प्रहरी प्रशासनलाई आग्रह गछौँ।’ पत्रकार खड्का तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट फर्किने क्रममा बे’पत्ता भएका थिए।

गत मंसिरमा सोही क्षेत्रमा भेटिएको कंकाल उनकै भएको प्रहरीले पुष्टि गरिसकेको छ तर घटना रहस्यपूर्ण रहेको भन्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले समेत अनुसन्धानको माग गरेको छ।