मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असारे भेलका कारण टुक्कीको भरमा बिनायकबासी

असारे भेलका कारण टुक्कीको भरमा बिनायकबासी


दिनेश केशी, अछाम।

तालागाड लघु जलविद्युत फेरी अवरुद्ध भएको छ । विद्युत सन्चालन भएदेखीनै बेला बेला अवरुद्ध भइरहने पञ्चदेवल बिनायक नगरपालिकाको तालागाड लघु जलबिद्युत फेरी अवरुद्ध भएको हो ।

करिब तिन चार दिन अघि परेको अबिरल बर्षाले बिद्युतको बाँध (कुलो) खोलाले बगाए संगै करिब ४ दिन देखी बिद्युत सेवा अवरुद्ध हुँदा नगरपालिकाका अधिकांस नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

नगरपालिकाको केन्द्र बिन्दुमा रहेको बिनायक बजारमा बिद्युत सेवामा भइरहने अनियमितताका कारण बिशेस गरि बैंक तथा बितिय संस्था, रेडियो तथा सन्चार माद्याम,आइएमी सेवा बढि प्रभाबित बनेका हुन ।

करिब १ महिना अवरुद्ध भई केहि दिन बत्तीको झुल्को देख्न पाएका पञ्चदेवलका नागरिक फेरी टुक्की र मैयन बत्ती बालेर अध्यारो रात कटाउन बाध्य भएका छन ।

बिद्युत सन्चालकलाई बत्ती कहिले आउछ बुझ्न खोज्दा केहि दिनमा आउने जानकारी मात्रै दिने गरेका छन।