मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ३५३५ संक्रमित, अस्पतालमा १०६ जना मात्रै

सुदूरपश्चिममा ३५३५ संक्रमित, अस्पतालमा १०६ जना मात्रै


धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र क्वारेन्टिनबाट पाँच सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शुक्रवार साँझ पाँच सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार शुक्रवार मात्रै ११ जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ। महाकाली अस्पतालबाट पाँच जना, बैतडीबाट तीन जना, सेती अस्पतालबाट दुई जना र अछामबाट एक जनालाई डिस्चार्ज गरिएको उनले बताए। 

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका एक सय ५७, डडेल्धुराका एक सय ३७, कञ्चनपुरका एक सय दुई र कैलालीका ८२ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अछामबाट ४३, बझाङबाट २४, दार्चुलाबाट १३, बैतडीबाट १२ र  बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। यस्तै सुदूरपश्चिम प्रदेशका एक सय ६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार नौँ सय संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन्।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४९, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १३, सेती अस्पतालमा र अछाम अस्पतालमा १०/१०, डोटी र बाजुरा अस्पतालमा दुई/दुई जना गरी एक सय ६ जनाको उपचार भईरहेको छ। सुदूरपश्चिममा ८  जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार पाँच सय ३५ पुगेको छ। – दिनेश खबर