मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना संक्रमीतको संख्या ५ सय ६९ पुग्यो

अछाममा कोरोना संक्रमीतको संख्या ५ सय ६९ पुग्यो


अछाम – जिल्लामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । साँफेबगर नगरपालिकाका १ जना, सुरुष, कमलवजार नगरपालिका १२ जना, मेल्लेख गाँउपालिका का २० जना, चौरपाटी गाउँपालिकाका १ जना, बान्निगढी जयगढ गाँउपालिकाका १ जना गरी जना गरि ३५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

संक्रमित मध्य साँफेबगर नगरपालिका वडा नम्बर १० का १ जना पुरुष, कमलवजार नगरपालिका वडा नम्बर ५ का २ महिला र ३ पुरुष गरी ६ जना, वडा नमबर ७ का ३ महिला र ३ पुरुष गरी ६ जना, मेल्लेख गाँउपालिका वडा नम्बर १ का २ जना पुरुष, वडा नम्बर २ का ३ सुरुष र १ महिला गरी ४ जना, वडा नम्बर ३ का ४ महिला र ६ पुरुष, वडा नम्बर ४ का ३ पुरुष र १ महिला गरी ३ जना, बान्निगढी जयगढ गाँउपालिका वडा नम्बर ६ का १ जना पुरुष, चौरपाटी गाउँपालिका वडा नम्बर ६ का १ जना महिलामा कोरोना पुष्टि भएको हो ।

साँफेबगर नगरपालिकामा सबै भन्दा धेरै १ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै रामारोशन गाउँपालिकामा १ सय ४ जना, चौरपाटी गाउँपालिकामा ५० जना, वान्नीगढी जयगढ गाउँपालिकामा १८ जना, मंगलसैन नगरपालिकामा ५९ जना, मेल्लेख गाउँपालिकामा ९६ जना, कमलवजार नगरपालिका २५ जना, पञ्चदेबल नगरपालिकामा १२, ढकारी गाउँपालिकामा २८, तुर्माखाँद गाउँपालिकामा २३ जना कोरोना संक्रमित देखिएका छन् ।

आज ३७ जना थपिए सँगै अछाममा कोरोना संक्रमीतको संख्या ५ सय ६९ पुगेको छ । यसैगरी हालसम्म अछाममा कोरोना सङ्क्रमित भएर उपचारपछि ४५ जना व्यक्ति कोरोना सङ्क्रमण जितेर घर गइसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।