मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिनायक प्रहरीद्धारा १ सय ३५ लिटर घरेलु मदिरा बरामद गरि नष्ट

बिनायक प्रहरीद्धारा १ सय ३५ लिटर घरेलु मदिरा बरामद गरि नष्ट


दिनेश केशी, अछाम।

विनायक प्रहरीद्धारा अवैद घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ । रामारोशन गाउँपालिकाको कालापानीबाट बिनायक ल्याउँदै गरेको १ सय ३० लिटर अवैद घरेलु मदिरा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टालीले आईतबार बरामद गरेको हो ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ३ का हरिचन्द्र कडायत र रुपेश कडायतले उक्त मदिरा लुकिछिपी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरिक्षक बिर बहादुर भुलले जानकारी दिए ।

मदिरा ओसारपसार गर्ने २ जना ब्याक्तीहरुलाई नगरपालिकाको नियम अनुसार कार्बाही गरि छोडिएको उनले जानकारी दिए हाँले बताउनु भयो । बरामद गरिएको १ सय ३५ लिटर अवैद घरेलु मदिरा आजै सरोकारवाला ब्याक्तीहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।