मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होटेल तथा पर्यटन ब्याबसायी संघ अछामले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो

होटेल तथा पर्यटन ब्याबसायी संघ अछामले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो


नारायण जोशी, अछाम – होटेल तथा पर्यटन ब्याबसायी संघ अछामले १४ बुदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले जारी गरेको लकडाउनले राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटेल तथा पर्यटन ब्याबसायी धरासायी हुने खतरा बढेको भन्दै संघले जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाएको हो ।

वर्तमान विषम परिस्थितिमा देशभरका होटेल व्यवसायीहरुलाई बचाई राख्न र सिङगो होटेल व्यवसायलाई नै पूर्ण रुपामा धरासायी हुनबाट बचाउन संघले यस अघि पनि पटक पटक स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकालाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएर सु–सुचित गराउदा पनि संघिय सरकारले ल्याएको बजेटमा संघले राखेका मागहरु सम्बोधन हुने खालका कुनै पनि कार्यक्रम नआउनुले सरकारले यस क्षेत्रको उपेक्षा गरेको हामिले महसुस गरेका छौँ, ज्ञापन पत्रमा भनिएको छ ।

देशका ८० हजार होटेल व्यवसायीहरुलाई उपेक्षा गर्नु राज्यको तर्फबाट ठुलो भुल भएको र वर्तमान संकटले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योग र त्यसअन्र्तगत पनि विशेष रुपमा प्रभावित होटेल व्यवसायीलाई बचाई राख्नका लागि विभिन्न राहत प्याकेज उपलब्ध गराई जनजिवन सामान्य अवस्थामा नआईपुग्दा सम्मका लागि सहयोग उपलब्ध गराउन संघिय सरकार समक्ष अपलि गर्दछौ होटेल तथा पर्यटन व्यवसायी संघ अछामका अध्यक्ष महेश कुँवर र महासचिब प्रदिप केसिद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संघले लकडाउन अवधिभर घरभाडाको मारमा परेकालाई पूर्णरुपमा छुट र संक्रमणकाल रहुन्जेल सम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न र उक्त छुटका लागि घरधनिहरुलाई समेत राहत पुग्ने गरि बैंकको कर्जा भुक्तानी समयाअवधि थप गर्नुका साथै उनिहरुले तिर्ने सम्पूर्ण करहरु समेत छुट गर्नका लागि आग्रह गरिएको छ । साथै तत्कालका लागि चालु व्यवसायलाई धितोका रुपामा मुल्याङकन गरि न्युन व्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

नेपालमा कोरोना संक्रमण सुरु हुने वित्तिकै महासंघले आफु मातहतका सम्पुर्ण होटलहरु राज्यलाई आवश्यक परेमा विना सुक्ल क्वारेन्टाईनका लागि दिन तयार हुदा पनि ६ महिनाका लागिल सबै होटेल बन्द गर्ने भन्ने निकायसंग सम्झौता गरेर विदेशबाट आउने नेपालीहरुलाई सस्तो दर रेट छाडी महंगो सुल्क तिर्न बाध्य पारी जबरजस्ती तारे होटेलहरुमा बसाईएकोले उक्त निर्णय तत्काल पुनर्विचार गरि आफ्नो ईच्छा स्तर अनुसार बस्न पाउने अधिकार प्रदान गरियोस ज्ञापन पत्रमा भनिएको छ । यस्तै लामो समयसम्म बन्द रहेका होटेल व्यवसायीलाई सरकारले जारी गरेको माप्दण्ड अनुसारका सावधानीहरु अपनाएर खोल्न पाउने व्यवस्था तुरुन्त मिलाउन भनिएको छ । लकडाउनका कारण बेरोजगार भएका श्रमिक तथा मजदुरहरुदलाई पुनर्ताजगी तालिमको व्यवस्था गरि रोजगारीको सिर्जना गर्न पनि माग गरिएको छ । साथै समयमै मागहरुको सुनुवाई भएन भने आगामी दिनमा पलाएनको संघारमा रहेका देशभरका लाखौँ  व्यवसायीहरु बाध्यताबस आन्दोलनमा जानु पर्ने परिस्थितिको सिर्जना हुने व्याहोरा समेत ध्यानाकर्षण गराउन चाहान्छौँ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।