मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज


सुर्खेत- कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज (सोमबार) दिउँसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १ हजार ५१६ पुगेको छ।मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगंज बाँकेमा गरिएको परीक्षणमा सुर्खेतका १४ र जाजरकोटका ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कर्णाली प्रदेशमा सोमबार १६ जना डिस्चार्ज भएका छन्। यो सहित सो प्रदेशमा कोरोना संक्रमणपछि निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार २४७ पुगेको छ।

कर्णाली प्रदेशमा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ। प्रदेशमा अहिले सक्रिय बिरामीको संख्या २६३ रहेको छ।

No photo description available.