मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ५ सहित सुपमा २२ जना संक्रमित थपिए, प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ सय नाघ्यो

अछामका ५ सहित सुपमा २२ जना संक्रमित थपिए, प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ सय नाघ्यो


धनगढी : अछाम जिल्लाका ५ जना सहित सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछाम जिल्लाका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार सात सय १३ पुगेको छ। संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने नौँ सय चार जना डिस्चार्ज भएका छन्।