मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ती मन्त्रालय खारेज सँगै योजनाहरु अधुरै

शान्ती मन्त्रालय खारेज सँगै योजनाहरु अधुरै


‘तस्बिर : साँफेबगर नगरपालिका ८ चण्डिकाको शान्ती मन्त्रालय अन्र्तगतको अधुरो भवन’

सरिता खड्का, अछाम /

साबिकको चण्डिका गाबिस हालको साँफेबगर नगरपालिका – ८ को वडा कार्यालयको भवन ०५८ चैत २२ गते तत्कालिक बिद्रोहि पक्ष माओवादीले ध्वस्त बनायो । द्धन्दकालमा भत्किएका संरचनाहरु बनाउने भन्दै तत्कालिन शान्ती मन्त्रालयले बजेट बिनियोजन गर्दे निमार्ण कार्य सुरु गर्याे । ६ बर्ष बित्यो तर भवन बन्न सकेको छैन ।

भवन अहिले बेबारिसे अवस्थामा छ । शान्ती मन्त्रालय खारेज भएसगै मन्त्रालयले सुरु गरेका योजनाहरु अधुरै रहेका छन् । मन्त्रालयले वडा कार्यालयको चार कोठे भवनका लागी ४० लाख बजेट बिनियोजन गरेको थियो । ०७१ मा भवनको काम उपभोक्ता समिति मार्फत भएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष मुकेश कडायतले भने ‘योजना क्रमागत हो, दश लाख सम्म भवनको काम गरेर ७ लाख मात्र भुक्तानी पायाँै, मन्त्रालय खारेज भएपछि भवनको पील्लर मात्र हाल्ने काम भयो, त्यसपछि कसैले पनी वास्ता गरेनन् ।

भवन नबन्दा अहिले भाडाको घरमा वडा कार्यालयको कामकाज भाडाको घरबाट सञ्चालन गर्नु परेको वडा अध्यक्ष टंक कुँवरले बताए । उनले भने ‘वडा कार्यालयले मासिक ९ हजार घरभाडामा तिर्दे आएको छ, वडामा बजेट २० देखि २५ लाखसम्म आउछ, वडाको बजेटले भवन बनाउन भ्याउदैन, भवनका लागी प्रदेशलाई गुहार्नुपर्ने अवस्था छ ।’

बयलपाटामा रहेको महेन्द्र माबीको दुई कोठे छात्राबास पनी अधुरै रहेको छ । ०७१मा छात्राबासको निमार्ण सुरु गरिएको थियो । शान्तीका लागी बिकास कार्यक्रम अन्र्तगत छात्राबासका लागी पनी मन्त्रालयले २० लाख बजेट बिनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष मनोज रावलले बताए । उनले भने ६ लाख मात्र निकासा भयो, मन्त्रालय पनी हरायो, यो योजना कुन मन्त्रालयले हेर्ने भन्ने नै हामीलाई जानकारी आएन, योजना पुरा गर्न पहल गर्याे तर पुरा भएन ।’

छात्राबास नबन्दा बिद्यार्थीहरु अहिले ३० वर्ष पुरानो जिर्ण भवनमा बसिरहेका महेन्द्र माबीका प्रअ ईन्द्रजित ठकुल्लाले बताए । उनले भने ‘छात्राबास नभएका कारण सबै भन्दा बढी समस्या छात्राहरु छन्, पुरानो छात्राबास सुरक्षाको हिसाबले ठिक छैन, छात्रहरु त जेनतेन गरी बसिरहेका छन् । प्राबिधिक शिक्षा पढ्नका लागी टाढाका छात्राहरुलाई निकै समस्या छ, अधुरो भवन पुरा गर्न प्रदेशसंग बजेट माग गरेका थियौ तर पाएनौ ।’

साँफेबगर नगरपालिका १ बैद्यनाथमा ५ वर्ष अघि निमार्ण सुरु भएको शारदा स्मृति भवन अझै बन्न सकेको छैन । जन आन्दोलका समयमा मारिएकी तत्कालिन माआबादी नेतृ सारदा शाहिको सम्झनामा सारदा स्मृति भवन बन्न लागेको हो । ४२ लाखको स्टेमेट रहेको उक्त भवनको तीन किस्तामा गरी १९ लाख बजेट निकासा भएको बैद्यनाथका वडाध्यक्ष अमर शाहले बताए ।
बजेटको अभाव र निगरानी नगर्दा भवन अधुरै रहेको उनले बताए । उनले भने ‘अहिले शान्ती मन्त्रालय पनी छैन त्यसैले मन्त्रालय अन्र्तगत बन्न लागेका भवनहरु अलपत्र छन् ।’ भवनका लागी सुदुरपश्चीम सरकारले २७ लाख बजेट बिनियोजन गरेको छ उनले भने ।

नवाठानाको कृष्ण माबीको दुईकोठे भवनको निमार्ण कार्य मन्त्रालय अन्र्तगत सुरु भएको थियो । १८ लाखको स्टेमेट रहेको भवनको लागी दुई लाख मात्र रकम निकासा भयो । रकम आउन छोडेपछि त्यसपछि भने भवन निमार्णको काम अगाडी बढ्न सकेन। वर्षाे देखि अधुरै रहेको भवनका लागी साँफेबगर नगरपालिकाले ०७५÷७६ मा ११ लाख बजेट बिनियोजन गरेको वडा अध्यक्ष उजिर साउदले बताए ।

शान्ती मन्त्रालयले सुरु गरेको अधुरा योजनाहरुमा आफुहरुको समयमै ध्यान जान नसकेको नगर प्रमुख कुलबहादुर कुँवरले बताए । उनले भने ‘मन्त्रालय खारेज भएपछि योजना पनी अधुरा छन्,नगरले अहिले केहि योजनामा रकम हालेर अधुरा योजना पुरा गर्न तर्फ लागेको छ, बाँकी प्रदेश सरकारले पनी सहयोग गरेको छ ।’

चौरपाटी गाउँपालिका– २ मा बन्न लागेको तत्कालिन गाबिस भवन पनी अधुरै छ । सोकटमा भवन बन्न लागेको ६ वर्ष भयो । ४० लाखको बजेट रहेको उक्त भवन मन्त्रालय खारेज भएसगै अधुरै रहेको वडाध्यक्ष नारायण साउदले बताए । उनले भने ‘पिल्लर हालेको वर्षाे भईसक्यो,पालिकाबाट केहि बजेट हालेर पुरा गर्ने तयारीमा छौ ।

०७३ सालमा उच्चस्तरीय प्रशाशन सुधार कार्यान्वय तथा अनुगमन समितिले शान्ती तथा पुर्ननिमार्ण मन्त्रालय लगायत ९ वटा मन्त्रालय खारेज गर्न सरकार समक्ष सिफारीस गरेको थियो । समितिले शान्ती मन्त्रालय सम्बन्धी काम मन्त्रीपरिषदलाई जिम्मा दिने गरी मन्त्रालय नै खारेज गर्ने निष्कर्ष निकालेको थियो ।