मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो


सुर्खेत- कर्णाली प्रदेशमा आइतबार २१ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र दैलेखका एक जना छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमध्ये वीरेन्द्रनगर नगरपालिका–३, गुर्भाकोट नगरपालिका–४ र १३ का एक/एक जना, सिम्ता गाउँपालिका– ३ र ५ का दुई/दुई जना, वडा नं. ४ का एक जना र वडा नं. ८ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमध्ये कालिकोटको महावै गाउँपालिका–२, खाँडाचक्र नगरपालिका–१, सान्नीत्रिवेणी गाउँपालिका–१ र वडा नं. ४ का एक/एक जना र वडा नं. २ का चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै रुकुमपश्चिमको चौरजहारीको प्रयोगशालामा परीक्षण गरिएकामध्ये चौरजहारी नगरपालिका–५ का दुइ जना र दैलेख अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये आठबिस नगरपालिका–४ का एकजनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत र दैलेखको नौमुलेबाट एकएक जना, दैलेखकै भैरवी गाउँपालिबाट दुइ जना, दैलेख अस्पतालबाट २७ जना र सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको आइसोलेसन सेन्टरबाट १२ जना गरी प्रदेशभर ४३ जना डिस्चार्ज भएका छन्।

कर्णालीमा हालसम्म एक हजार चार सय आठ जना आइसोलेनबाट डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। – नेपाल समय