मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५१.१ प्रतिशत कोरोनामुक्त

५१.१ प्रतिशत कोरोनामुक्त


काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ८,५८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ५१.१ प्रतिशत हो।

मुलुकमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणबाट ८,१७४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

आइतबारसम्म १६ हजार ८०१ जनामा कोरोना संक्रमण भएको छ।