मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिडि फाउन्डेसनद्वारा क्वारेन्टाइनमा वसेकाहरुलाई राहत वितरण

बिडि फाउन्डेसनद्वारा क्वारेन्टाइनमा वसेकाहरुलाई राहत वितरण


होम साउद, अछाम ।

मंगलसेन नगरपालिका ४ मा रहेकाे राधा मावि क्वारेन्टाइनमा वसेकाहरुलाई राहत वितरण गरिएको छ । साेहि वडा घर भई हाल अमेरिकामा रहनुभएका गगन कुमार केसिले स्थापना गरेकाे बिडि फाउन्डेसनकाे सहयाेगमा २२ जनालाई राहत वितरण गरिएको हाे ।

राधा माविकाे प्राङ्गणमा सामाजिक दुरि कायम गरिएको राहत वितरण कार्यक्रममा २२ जना ब्यक्तिलाई २९ हजार ३ सय ३८ बराबरको चामल, स्याउ, अण्डा, चना, दाल लगायतका सामग्री वितरण गरिएको जनाईएकाे छ ।

राहत वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष पदम धामी, नेकपाका जिल्ला सदस्य लिलाराज केसि, नेपाली काँग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगाना, फाउन्डेसनका संरक्षक मनसरा देवि धामी, समाजसेवी झपट कुमार केसि, नामसिंह धामी, फाउन्डेसनका सदस्य जंग बहादुर धामी, गाेपाल केसि, जय बहादुर केसि, वडा सदस्य लाेकेन्द्र केसि, भावना केसी लगायतका सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

फाउन्डेसन कै सहयाेगमा यहि असार २३ गते रुख ढलेर घाईते भएकि स्थानीय नृप बिककि श्रिमतिकाे उपचारका लागि नगद ८ हजार रकम वडा अध्यक्ष पदम बहादुर धामि मार्फत हस्तान्तरण गरिएको समाजसेवी झपट केसीले जानकारि दिए।