मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा थप ११ जना कोरोना संक्रमित थपिए, जसमा अछामका १ जना

सुदूरपश्चिममा थप ११ जना कोरोना संक्रमित थपिए, जसमा अछामका १ जना


धनगढीः सुदूरपश्चिम प्रदेशमा सोमबार ११ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र अछामका एकजनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको टिकापुरका ४ महिला २ पुरुष गरी ६ जना, कैलालीकै गोदावरी नगरपालिका –७ का एक पुरुष र एक महिला गरी २ जना, वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ११ का एक पुरुष गरी ४ जना थपिएका छन्।

यस्तै अछामको ढकारी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखा परेको श्रेष्ठले बताए। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४३ नमूना परीक्षण गरिएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ३१ पुगेको छ।