मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका १५१३ जना कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिमका १५१३ जना कोरोना संक्रमित डिस्चार्ज


धनगढी : सुदूरपश्चिम प्रदेशमा सोमबार एकै दिन ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कैलाली, बझाङ र अछाम जिल्लाबाट एकै दिन ९६ जना संक्रमित डिस्चार्ज भएका हुन्।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सोमबार बझाङका विभिन्न ठाउँबाट ५३ जना, कैलालीको टीकापुर अस्पतालबाट १७ जना र अछामबाट २६ जना गरी ९६ जना डिस्चार्ज भएका हुन्। 

यो सँगै प्रदेशमा कोरोना संक्रमण मुक्त अर्थात डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय १३ पुगेको महाशाखा प्रमुख कार्कीले बताए। कञ्चनपुरमा तीन सय ७५ जना, डडेल्धुरामा दुई सय ६७ जना, बैतडीमा दुई सय ५२ जना, बैतडीमा दुई सय ४२ जना र डोटीमा एक सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन्। 

यस्तै कैलालीका एक सय १८, बझाङका ८७, दार्चुलाका १३ र बाजुराका दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ३६ पुगेको छ। ६१ जनाको मात्रै उपचार भईरहेको छ।

टीकापुर अस्पतालमा सबैभन्दा बढि २१ जना, महाकाली अस्पतालमा १८ जना, जिल्ला अस्पताल अछाममा १० जना, सेती प्रादेशिक अस्पतालमा ७ जना, मालाखेती अस्पतालमा तीन जना र जिल्ला अस्पताल डोटीमा दुई जनाको उपचार भईरहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने झण्डै दुई हजार चार सय संक्रमित भने होम आईसोलेसन र विभिन्न क्वारेन्टिमा रहेका छन्।