मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण विनायकमा ३ परिवार विस्थापित

पहिरोका कारण विनायकमा ३ परिवार विस्थापित


दिनेश केशी, अछाम

घरमाथिबाट आएको पहिरोका कारण बिनायकका ३ घरपरिवार विस्थापित भएका छन्।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २ विनायक छिपछिपेका ३ परिवार विस्थापित भएका हुन ।

गैरिटाँड विनायक सडक खण्डको छिपछिपेमा स्थानिय तपेन्द्र धामी, टंक धामी र दिनेश धामीको घर पहिरोका कारण उच्च जोखिममा रहेका पत्रकार महासंघ जिल्ला साखा अछामका सहसचिव तपेन्द्र धामीले जानकारी दिए ।

उनका अनुसार विनायक गैटिाड सडकखण्डमा समयमै मेसिनरि वाल निर्माण र नालीको ब्यावस्थापन नगरेका कारण घर तलमाथी बाटै पहिरो बग्न थालेपछि स्थानीय त्रसित बनेका छन ।

समयमै मध्यपहाडी सडक खण्डका ठेकेदारले ध्यान नदिए थप जोखि निम्तिन सक्ने स्थानियबासीहरुको भनाई छ ।