मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४०५४ पुग्यो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४०५४ पुग्यो

सुदूर आज

धनगढी : सुदूरपश्चिममा आज २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा कैलालीका २४ र डडेल्धुरा प्रयोगशालामा डडेल्धुराका दुई गरी आज २६ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले  सेती अस्पतालको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको बताए।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पाँच महिला र १९ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

आज २६ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ७८, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९७, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।

संक्रमित मध्ये झण्डै एक हजार ६ सय ७० सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।