मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माकुरा समुहको पहलमा कालिका र थालाकोट सामुदायिक बनको विवाद समाधान

माकुरा समुहको पहलमा कालिका र थालाकोट सामुदायिक बनको विवाद समाधान

सुदूर आज

टेकबहादुर थापा, अछाम ।

कालिका सामुदायिक बन र थालाकोट सामुदायिक बनको विवाद समाधान भएको छ । दुई सामुदायिक बनका उपभोक्ता बिच सिमाको विषयलाई लिएर २०७६ सालदेखि विवाद कायम थियो । प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल अन्तर्गत माकुरा समुहको विशेष पहलमा विवाद समाधान गरिएको हो।

बान्निगढि जयगढ गाउँपालिकाको वडा न ५ र मंगलसेन नगरपालिका वडा न १० र ११ को सिमानामा पर्ने बनका विषयलाई लिएर दुई पालिकाका उपभोक्ता बिच विवाद सृजना भएको थियोे । लामो समयपछि माकुरा समुहको पहलमा दुईवटै पक्षविच छलफल पश्चचात दुई सामुदायिक बन बिचको विवाद समाधान भएको दुईवटै सामुदायिक वनका उपभोक्ता हरूले बताएका छन ।

साझा विकल्प पारितका लागि संयुक्त बैठकको आयोजना गरी दुई पक्ष बिच भएका सहमतिका बुदाको बारेमा समेत सरोकारवालालाई जानकारी गराईएको थियोे । बान्निगढि जयगढ गाउपालिका वडा न ५ मा रहेको थालाकोट सामुदायिक बन उपभोक्ता समूह कालिका र मंगलसेन नगरपालिका वडा न १० र ११ मा रहेको कालिका सामुदायिक बन जुपु बिचको सिमाना बिबादमा २०४४र०४५ सालको साविकको कालिका गाविस र जुपु गाविसको भौगोलिक तथा प्रशासनिक नक्सालाई सिमाना कायम गरि थालाकोट सामुदायिक बन कालिका र कालिका सामुदायिक बन जुपुको बन क्षेत्र कायम गर्न दुबै पक्ष सहमत भएका छन ।

सहमतिको आधारमा पिल्लर र होर्डिङ बोर्ड राख्ने सहमति भएको मंगलसेन नगरपालिका वडा न १० का अध्यक्ष नेत्र रावलले बताए । सोही अवसरमा दुईवटै सामुदायिक बनको सिमाना नापजाँच गर्दा लाग्ने खर्च समन्वय गरेर खर्च गर्ने, बनको खालि ठाउँमा बृक्षारोपण गर्ने लगायतका सहमति पत्रमा लेखिएका बुदाहरू प्रस्तुत गरिएको थियोे ।

सोही अवसरमा अनुगमनका लागि ७ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । दुईवटा बन बिच देखिएको बिवाद समाधान भएपछि दुईवटै सामुदायिक बनका उपभोक्ताहरू खुसी भएका छन ।

माकुरो समुहका संयोजक प्रेम बहादुर रावलको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवर, मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावल, मंगलसेन नगरपालिकाका उप प्रमुख सरिता उपाध्याय, बान्निगढि जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, बान्निगढि जयगढ गाउपालिकाका उपाध्यक्ष लोकेन्द्र साउदको सहभागिता रहेको थियो ।

मंगलसेन नगरपालिका वडा न १० का अध्यक्ष नेत्र बहादुर रावल, ११ का अध्यक्ष डबल सिं भण्डारी, बान्निगढि जयगढ गाउँपालिकाका वडा न ५ का अध्यक्ष लाल बहादुर कामी, गैसस महासंघका अध्यक्ष टंक प्रसाद ढुंगाना, दुईवटै सामुदायिक बनका अध्यक्षहरूले मन्तव्य राख्दै दुइवटा सामुदायिक बन बिचको लामो समय देखिएको विवाद समाधान गरेकोमा माकुरो समुहलाई धन्यवाद समेत दिएका छन ।