मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५,३३८ जना

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५,३३८ जना


काठमाडौं- नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ३३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २२५, प्रदेश २ मा दुई हजार ६६, बागमतीमा ५७५ जना सक्रिय संक्रमित छन्।

यस्तै गण्डकीमा ३१३, प्रदेश ५ मा ३८७, कर्णालीमा २९७ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६७५ रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने १४ हजार ४९२ जना काेराेनामुक्त भएका छन्। – नेपाल समय