बिदेश

आज अन्तर्राष्ट्रिय बियर दिवस

काठमाडौं । अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस मनाउने गरेको प्रायः पाइँदैन ।

तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ बियर दिवस मनाउने गरेको पाइन्छ ।  मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय बियर दिवस पनि त्यही हो । 

प्राचीन समयभन्दा अहिले बियर बनाउने तरिका फेरिएको छ । बियर होप, जडीबुटी तथा फलफूलको फ्लेभरबाट तयार गरिन्छ । र, बियर बनाउनुलाई कला मानिन्छ ।

अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । जब जेसी आफ्ना केही साथी बियरको स्वादमा रमाइला गफ गर्दै थिए । उनीहरू क्यालिफोर्नियाको सान्टाक्रुज समुदायमा थिए ।

अन्तर्राष्ट्रिय बियर दिवस मनाउनुका कारण यसप्रकार थिए ।

– साथीभाइसँग जमघट र बियरको स्वाद लिन
– बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने
– बियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै
७० बर्ष लडेर ल्याएको संबिद्यान र लोकतन्त्र रक्षाका लागि गठबन्धन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
महासंघले मिलायो डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था
मन्त्री राईको चेतावनी:निर्माण कार्य अधुरो छाड्नेलाई कारबाही हुन्छ