मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनको बिचमा ३० जनाले गरे आत्महत्या

लकडाउनको बिचमा ३० जनाले गरे आत्महत्या


दाङ । प्युठानमा लकडाउनको अवधिमा ३० जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना बढेसँगै रोकथामका लागि प्रहरीले विभिन्‍न जनचेतनामूलक कार्यक्रमहरु गर्न थालेको छ । 

लकडाउनको अवधिमा २७ जना झुन्डिएर र ३ जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको तथ्याङ्‍क छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानको तथ्याङ्‍कमा आर्थिक वर्ष ०७६/७७ मा ६२ जनाले आत्महत्या गरेको उल्लेख छ । ०७५/७६ मा ६३ र ०७४/७५ मा ५९ जनाले आत्महत्या गरेको प्रहरीको त्रिवर्षीय तथ्याङ्‍क छ ।

आत्महत्याको घटना बढेपछि त्यसको रोकथामका लागि जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय तथा अनमेल विवाह, घरेलु हिंसा, युवाहरुमा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतिले गर्दा आत्महत्याका घटनाहरु बढ्दै गएको उनको भनाइ छ ।