मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४७ जिल्लामा कोरोना संक्रमित थपिदा ४ जिल्ला सुन्य, कुन जिल्लामा कति ?

४७ जिल्लामा कोरोना संक्रमित थपिदा ४ जिल्ला सुन्य, कुन जिल्लामा कति ?


काठमाडौं – मंगलबार चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा सक्रिय कोरोना संक्रमित छैनन्।

त्यसैगरी काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार काठमाडौंमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ।

आज ४७ जिल्लामा कोरानो संक्रमित थपिएकामा सबैभन्दा बढी काठमाडौंमा १३८ जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

झापामा २८ जना, खोटाङमा एक, मोरङमा १०८ जना संक्रमित थपिएका छन्। यस्तै ओखलढुंगामा एक, पाँचथरमा एक, संखुवासभामा तीन र सुनसरीमा आठ जना संक्रमित थपिएका छन्।

यस्तै उदयपुरमा दुई सप्तरीमा तीन, सिरहामा १६ र धनुषामा ६४ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा महोत्तरीमा २४ जना र सर्लाहीमा १०७ जनामा संक्रमण भएको छ। यस्तै बारामा ४२, पर्सामा १२८ र रौतहटमा ३७ जनामा कोरोना संक्रमण भएको छ।

सिन्धुलीमा एए, दोलखामा दुई, भक्तपुरमा १७ र धादिङमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ। आज सबैभन्दा बढी काठमाडौंमा १३८ जनामा संक्रमण भएको छ भने भक्तपुरमा १७ र भक्तपुरमा १७ जना थपिएका छन्।

यस्तै काभ्रेमा २१, सिन्धुपाल्चोकमा तीन र चितवनमा ४९ जनामा कोरोना संक्रमण भएको छ।
मकवानपुरमा ३०, बागलुङमा तीन, गोरखामा दुई, कास्कीमा १६ र लमजुङमा एक जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

यस्तै पूर्वी नवलपरासीमा चार, स्याङ्जामा एक, तनहुँमा दुई र कपिलवस्तुमा १९ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पश्चिम नवलपरासीमा पछिल्ला चौबीस घण्टामा एकजनामा कोरोना संक्रमण भएको छ। यस्तै रूपन्देहीमा १४, दाङमा एक, रोल्पामा एक, बाँकेमा छ, बर्दियामा १९ र पश्चिम रुकुमा एक जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयको विवरणअनुसार सुर्खेतमा एक, दैलेखमा ५, कैलालीमा एक र डोटीमा ४६ जना संक्रमित थपिएका छन्। कञ्चनपुरमा एक र दार्चुलामा एक गरी आज देशभर एक हजार १६ जना संक्रमित थपिएको गौतमले बताए।