मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा परी कालिकोटमा ४ जनाको मृत्यु

पहिरोमा परी कालिकोटमा ४ जनाको मृत्यु


कालिकोट – जिल्लामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका–१, नाग्म बजारमा पहिरोले घर पुर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा मृत्यु हुनेहरुमा ४० वर्षीय प्रयाक शाही ३७ वर्षिया हिमा शाही, ५ वर्षे निराजन शाही र नाम नखुलेका दुई महिने बालक छन्।

कालिकोटमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार पहिरोमा परी घाइते भएका १३ वर्षीय अर्जुन हमाल र ३५ वर्षीय पुण्य शाहीको उद्धार गरिएको छ। उद्धार गरिएका हमाल र शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको गैरेले जानकारी दिए।

पहिरोमा कति जना बेपत्ता भए भन्ने एकिन भएको छ। ‘चार जनाको शव निकालेका छौँ, दुई जनाको उद्धार भयो’ प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘कसैले ६ जना कसैले ४ जना भनेका छैन, तर बेपत्ताहरुको एकिन विवरण छैन।’

पसलमा के–कति ग्राहकहरु थिए वा थिएनन् भन्ने थाहा नभएपछि बेपत्ताहरुको एकिन विवरण खुल्न नसकेको उनको भनाइ छ।

बेपत्ताहरु कालिकोट र जुम्लाबाट खटिएको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधिहरुले खोजी गरिरहेका छन्। आइतबार बिहान करिब ८ बजे पहिरोले ४ वटा घर पुरेको थियो। घटनास्थल जुम्ला र कालिकोटको सिमानामा पर्दछ।