मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता


कालिकोट – जिल्लाको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।

पहिरोमा परी नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिने छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही, ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छोइनु, ६ वर्षीय छोरा गजेन्द्र र ३५ वर्षीय मनवीर कटुवालको मृत्यु भएको छ।

सोही पहिरोमा परी भेरीगंगा नगरपालिका-१० सुर्खेतका आइपी खड्का र अमृत थापा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए।

पहिरोमा परेर घाइते भएका घटनामा पुन्या शाही र अर्जुन हमालको जिवितै उद्धार गरीएको थियो।
आइतबार बिहान ८ बजेतिर पहिरो जाँदा नाग्म बजारका ४ घर पुरिएका थिए।