मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै

दैलेखमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै


दैलेख – कर्णाली प्रदेशका १० जिल्लामध्ये कोरोना संक्रमित धेरै रहेका दैलेखमा पछिल्ला दिन संक्रमण पुष्टिभन्दा डिस्चार्ज हुने संख्या बढ्दै गएको छ।

केही दिनअघि दैलेख बजारका २ सयभन्दा बढीमा गरिएको परीक्षणमा कसैमा पनि कोरोना देखिएको थिएन। स्वास्थ्य सेवा कार्यालयका अनुसार एक हप्ताको अवधिमा ३ सय ८० जनाको परीक्षण गरिएको थियो।

जसमध्ये १२ जनामा कोरोना पाइएको थियो। पछिल्लो समुदायस्तरमा गरिएको परीक्षण संक्रमण खासै नपाइनु र संक्रमित डिस्चार्ज हुनु राम्रो संकेत भएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रशाद रेग्मीले बताए।

११ वटा स्थानीय तह रहेको दैलेखमा आइतबारसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या १ हजार ७३ जना छ। त्यस्तै १ हजार ४१ जना डिस्चार्ज भएका छन्। दैलेखमा मृत्यु भएकामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थाहाखबरबाट