मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० वर्षपछि बाजुरा–धनगढी हवाई सेवा सुरु

२० वर्षपछि बाजुरा–धनगढी हवाई सेवा सुरु


बाजुरा: करिव २० वर्षपछि बाजुराको प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ।शुक्रबारदेखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले धनगढीबाट उडान भर्न सुुरु गरेको छ।

समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए। उक्त जहाजमा काग्र्रो समान ल्याइएको उनले बताए। 

२० वर्षअघि बाजुराको कोल्टीदेखि धनगढीसँग बाजुरा सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वकालको समयमा विमानस्थलमा आक्रमण भएपछि हवाई सम्पर्क अवरुद्ध भएको थियो। 

बाजुरा नेपालगंजसँग हवाई सेवामा जोडिएपनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन।  धनगढीसँग हवाई सेवामा जोडिएपछि यहाँका नागरिकलाई प्रदेश राजधानी आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। -दिनेशखबर